गोरखा । गण्डकी प्रदेश सभाको सभामुखमा गोरखाका कृण्ण धिताल विजयी भएका छन् । नेकपा माओवादी केन्द्रकातर्फबाट गोरखा १ (क) बाट निर्वाचित धिताल आज भएको निर्वाचनमा निर्वाचित भएका हुन् ।
शनिबार भएको मतदानमा धितालले ३२ मत पाएका थिए भने विपक्षीमा २६ मत परेको थियो । एमाले नेतृत्वमा बनेको सत्ता गठबन्धनमा गण्डकीमा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादीले पाउने सहमती भए अनुसार नै धिताल सभामुखमा चयन भएका हुन् ।
सदस्य प्रदेश सभामा ६० सदस्य भएता पनि आज भएको निर्वाचनमा ५८ जनाको मात्र उपस्थिती रहेको थियो । प्रदेश सुभामा काग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद रहेका छन् ।


