फाईल तस्बिर
गोरखा । गण्डकी प्रदेश सभाको सभामुखमा गोरखाका कृण्ण धिताल हुने निश्चि भएका छन् । नेकपा माओवादी केन्द्रकातर्फबाट गोरखा १ (क) बाट निर्वाचित धिताल आज हुने निर्वाचनमा निर्वाचित हुने निश्चित भएका हुन् ।
एमाले नेतृत्वमा बनेको सत्ता गठबन्धनमा गण्डकीमा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादीले पाउने सहमती यसअघिनै भएको थियो ।
सभामुखको निर्वाचन कार्यक्रम घोषणासँगै आफ्नो भागमा परेको सभामुख पदमा कस्लाई पठाउने भनी शुक्रबारै संसदीय दलको बैठक समेत बसेको थियो । बैठकले गोरखाका धिताललाई उम्मेदवार बनाउने निणर्य गरेको दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।
काँग्रेसको भने पाण्डेलाई जिम्मा
यसैगरि प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस संसदीय दलको बैठक समेत शुक्रबार बसेको थियो । बैठकमा कसैले पनि सभामुखको लागि उम्मेदवार हुन इच्छा जाहेर नगरेकाले पार्टीले सभामुखमा कसलाई अघि सार्ने भन्ने निणर्य गर्न संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई जिम्मा दिएको छ ।
पाण्डेले शनिबार बिहानसम्ममा नाम टुंगो लगाउने बताइएको छ । ६० सदस्य प्रदेश सभामा काग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद रहेका छन् ।
निर्वाचन कार्यक्रम
१) बिहान ११ः०० बजेदेखि दिनको १ः०० बजेसम्म प्रदेश सभाको कुनै सदस्यले प्रदेश सभाको कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सुचना दर्ता गर्ने ।
२) दिनको १ः३० बजे निर्धारित समय भित्र दर्ता भएका उम्मेदवारीको सुचनाको दर्ता कम अनुसार सूची प्रकाशन गर्ने ।
३) दिनको ३ः०० बजे प्रदेश सभा नियमावली, २०७४ को नियम ७ बमोजिम प्रदेश सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार उम्मेदवारीको प्रस्तावहरुलाई निणर्यार्थ प्रस्तुत गर्ने ।
४) पहिलो प्रस्तावले बहुमत प्राप्त गरेमा अर्को उम्मेदवारी प्रस्तुत नहुने, साथै एकमात्र प्रस्ताव दर्ता भएमा निर्विरोध निर्वाचित भएको घोषणा हुने ।


