गोरखा । नेपाली काँग्रेस गोरखाका पूर्व सभापति बुद्विप्रसाद लामिछानको अमेरिकामा निधन भएको छ । अस्वस्थ्य भई अस्पताल भर्ना भएका लामिछानेको उपचारको क्रममा निधन भएको हो ।
लामिछानको निधनमा गोरखा काँग्रेसले एक समवेदना जारी गर्दै नेपाली काँग्रेस गोरखालाई अपुरणीय क्षति पुगेको भन्दै दुःख ब्यत्त गरेको छ । पूर्व सभापति लामिछाने ६३ बर्षका थिए ।
समवेदनामा भनिएको छ ‘६३ बर्षको उमेरमा अमेरिकाको कोलोराडो अस्पतालमा उपचारको क्रममा निधन हुनु भएको खबरले नेपाली काँग्रेस गोरखालाई स्तब्ध बनाएको छ’ भन्दै ‘उहाँको निधनले नेपाली काँग्रेस गोरखालाइ अपुरणीय क्षति पुगेको छ’ भनिएको छ ।
गोरखा काँग्रेसले लामिछानेको निधन भएकोमा गहिरो दुःख ब्यत्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना साथै, श्रद्वाञ्जली अर्पण गर्दछौ समेत भनेको छ । साथै शोकाकुल परिवारजनहरु प्रति धैर्यधारण गर्ने शक्तिका लागि ईश्वर संग प्रार्थना गर्दै समवेदना प्रकट गर्दछौ ंजारी समवेदना पत्रमा भनिएको छ ।





















