गोरखा । गोरखा जिल्ला भित्रका ११ वटै स्थानिय तहमा राष्ट्रिय परियच पत्र अभियान सम्पन्न भएको छ । २ नगरपालिका र ९ गाउँपालिकामा यहीँ पुस २५ गतेदेखी संकलन अभियान सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालका अनुसार अभियानका क्रममा जिल्ला भित्रका १ लाख १५ हजार ९८७ जनाले परिचय पत्रको लागि विवरण भेरका छन् ।
जिल्लाका पालिकाहरु मध्ये सवैभन्दा धेरै गोरखा नगरपालिकामा १८ हजार ८३१ जनाले परिचयको लागि विवरण भरेका छन् । त्यस्तै पालुङटार नगरपालिकामा १८ हजार ७४९ जना, सिरानचोक गाउँपालिकामा ९ हजार ९८६ जनाले परिचय पत्रको लागि विवरण भरेको सहायक प्रजिअ बरालले जानकारी दिए ।
त्यस्तै गरी, अजिरकोट गाउँपालिकामा ५ हजार ५९८, आरुघाट गाउँपालिकामा ८ हजार ८४ जना, गण्डकी गाउँपालिकामा १३ हजार ६०२ जना, धार्चे गाउँपालिकामा ५ हजार ९०३ जनाले राष्ट्रिय परिचयका लागि विवरण भरेका छन् ।
उता भीमसेन थापा गाउँपालिकामा ६ हजार ६९५ जना, बारपाक सुलिकोट गाउँपालिकामा ९ हजार ४८६ जना, शहीद लखन गाउँपालिकामा १४ हजार २९० जना र चुमनुव्री गाउँपालिकामा २ हजार १३१ जनाले विवरण भरेको जिल्ला प्रशासन कार्यायल गोरखाले जानकारी दिएको छ ।
त्यस बाहेक जिल्लामा अन्य २ हजार ४३२ जनाले परिचय पत्र बनाएको कार्यालयले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख छ । गोरखा जिल्लामा गएको साउन १५ गतेबाट राष्ट्रिय परिचय पत्रको बिबरण संकलन अभियान सुरु भएको थियो ।


