गोरखा । गोरखाको खाब्दीमा गुडिरहेको टिप्परले नियन्त्रितण गुमाउदा घरमाथि पुगेको छ । बिहीबार भएको घटनामा शहिद लखन गाउँपालिका–७ को खाब्दीमा उक्त दुर्घटना भएको हो ।
दुर्घटनाबाट मानविय क्षति नभएता पनि बिनमराज थापाको पक्की घरमा क्षति पुगेको स्थायिनले बताए ।
घटनापछि टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तस्बिर शरण श्रेष्ठ


