गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सवै दलको साँझा प्रधानमन्त्रीको रुपमा आफूले पाएको बिश्वासको मतले ठूलो चुनौती जिम्मेवारी पनि थपिएको बताए ।
गोरखा उद्योग बाणिज्य संघको आयोजनामा आजदेखि गोरखा सदरमुकाममा भएको ११औं गोरखा महोत्सव एवंम प्रदेश स्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गदै उनले त्यस्तो कुरा बताएका हुन् ।
संबोधनका क्रममा उनले देशको बिकास र सम्बृद्धिलाई गति प्रदान गर्ने बताउदै सार्वजनिक तथा नीजि क्षेत्रको योगदान र पहल बिना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सवै क्षेत्रसंग सहकार्य गरेर अघि बढ्ने बताए ।
उनले राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना, आरुघाट रुइला सडकखण्ड निर्माण, पालुङटार बिमानस्थल तथा गोरखाकाली रबर उद्योग सञ्चालन लगायतका कामलाई अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री दाहालले उक्त अवशरमा आजै बिहान भएको ‘म्यान अफ द गोरखा दौड’ प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय भएका नेपाली सेनाको त्रिभूवन आर्मी क्लबका गजेन्द्र राई, मोहनदेव जोशी र टंक कार्कीलाई पदक तथा नगद र सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रमलाई नेपाल सरकारका उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका संघिय साँसद राजेन्द्र बजगाई र प्रदेश साँसद नन्दप्रसाद न्यौपानेले शुभ कामना मन्तब्य राखेका थिए ।
उदघाट्न पूर्व आजै बिहान जिल्ला भित्रबाट आएका विभिन्न झाकीहरुले बजार परिक्रमा गरेको थियो ।








