गोरखा । भोली पौष २७ गतेबाट गोरखा बजारको ठुलो आँगन क्षेत्रमा ‘राष्ट्रनिर्माता सलामी’ को थालनी हुने भए पछि अहिले गोरखा बजारलाई दुहली झै सिंगारीएको छ । गोरखा दरबार संग्राहलय परिषरमा रहेको ऐतिहासिक ठूलो आँगनमा राष्ट्रिय एकता दिवसको पारेर झण्डोत्तोलन तथा बिगुलद्धारा बिजय ध्वनी सहित शराष्ट्रनिर्माता सलामी’ अर्पणको थालनी गरिने भएको हो ।
नेपाल एकिकरणका अभियान्ता पृथ्वीनारायण शाहको शालिक, नेपालको राष्ट्रिय झण्डा र नेपालको नक्सा सहितको मनोग्राम राखेर ‘राष्ट्रनिर्माता् सलामी’ अर्पण कार्यक्रम सुरु गरिने भए संगै पुरानो बसपार्कदेखी ठुलो आँगनसम्मको क्षेत्रलाई सरसफाई गरेर सिंगारीएको हो ।
समग्र गोरखाको पर्यटन प्रबद्र्धनका लागि ठूलो आँगनमा दैनिक बिहानको सूर्योदय र बेलुकीको सूर्योअस्तको समयमा पृथ्वीनारायण शाह कालिन नेपाली सेनाको पेशाकमा सेनाले परेड खेल्ने र सलामी अर्पण गर्ने कार्यक्रम तय गरिएको छ ।
‘राष्ट्रनिर्माता सलामी’ नेपालको गोरखामा मात्र हुने भएका कारण देशैभरबाट हेर्नका लागि समेत पर्यटकहरु गोरखा आउने वातावरणको बन्नेमा गोरखाबासीहरु ढुक्क भएका छन् । यसबाट गोरखाको इतिहासको जर्गेना मात्र नभएर पर्यटनको प्रवद्र्वन समेत हुने विश्वास लिईएको छ ।
शालिकको अनावरण भोली नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराज शर्मा गर्ने कार्यक्रम तय भएको छ । गोरखा नगरपालिका ६ को ठुलो आँगनको बिच भागमा बनेको उक्त संरचनाका लागि गोरखा नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको हो ।



































