गोरखा । केही अगाडीदेखी मलेसियामा बन्धक बनाइएका मध्ये गोरखाका ५ जना भएको पुष्टी भएको छ । १९ जना नेपालीलाई मलेसियामा ८ दिनदेखि बिना कारण बन्धक बनाएर राखिएको जानकार प्राप्त भएको छ ।
सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावरबाट मलेसियाको सप्लायर्स कम्पनीमा काम गर्न भदौ २३ गते मलेसिया पुगेका युवाहरूलाई काम गर्ने क्रममा कम्पनीका मालिकले कुटपिट गर्ने, चरम शारिरक यातना दिने गरेपछि बिरोध गर्दा उनीहरुलाई कम्पनीबाट निकालिएको गुनासो बन्धक मध्येका गोरखा बुङकोटका ठाकुर रेग्मीले बताए ।
बन्धक हुनेमा गोरखाको शहीद लखन गाउँपालिका ६ का ठाकुर रेग्मी, ७ का कमल श्रेष्ठ, भिमसेन थापा गाउँपालिका ७ का विष्णुप्रसाद ढकाल, टिकाराम गोतामे, सुजन गोतामे रहेका छन् ।
स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयले उद्धारका लागि पहल गरिदिन आग्रह गरे लगत्तै नेपाल सरकारले उनीहरुको उद्वारको पहल सुरु गरेको छ ।


