गोरखा । गोरखा अस्पतालमा हाडजोर्नी एबं ट्रमाका अप्रेसन सेवा संचालनमा आएको छ । अस्पतालले अप्रेसन सेवा बिस्तारको क्रममा हाडजोर्नी एबं ट्रमाका अप्रेसन सेवा संचालनमा ल्याएको हो ।
सडक दुर्घटनादेखी रुखबाट लडेकाहरुको डाजोर्नीमा समस्या भएकहरुलाई सेवा दिने गरी सञ्चालनमा आएको हाडजोर्नी एबं ट्रमाका अप्रेसन सेवाबाट अहिलेसम्म ४ जनाले सेवा लिई सकेको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए । ‘हामीले सामान्य हाडजोर्नी अप्रेशनका लागि पनि बाहिर पठाउनु पर्ने बाध्यता हटेको’ भन्दै ढकालले भने ‘अब भने स्टिलहरु राखेर गनुपर्ने अप्रेशन पनि यही गर्न सकिन्छ ।’
अस्पतालले यो सेवा बिगत २ सातादेखी सञ्चालनमा ल्याएको पनि उनले जानकारी दिए । सूचना अधिकारी ढकालका अनुसार अहिले सिएम मेशिन नआएको कारण ठुला अप्रेशन नगरिएको तर सामान्य अप्रशेनका लागि पनि जिल्ला बाहिर जानुपर्ने समस्याबाट सेवा ग्राही मुक्त भएका छन् ।
हाडजोर्नी तथा नशारोग विशेषज्ञहरु डा.सिद्दार्थ खनाल र डा.सन्देश श्रेष्ठ गोरखा अस्पतालमा दैनिक सेवा दिदै आएको अस्पताल प्रशासनले जनाएको छ । प्रशासनले दिएको जानकारी अनुसार १ महिना भित्रै सिएम मेशिन आउने र त्यस लगत्तै ठुला सबै प्रकारको अप्रेशन अस्पतालबाट हुने छ ।
यता न्युरोलोजिष्टहरु संग सल्लाह गरेर गनुपर्ने बाहेकका सबै प्रकारको हाडजोर्नीको सेवा अस्पतालबाट दिन सक्षम भएको छ । २ साता अगाडीसम्म पनि अस्पतालमा आएका हाडजोर्नीको समस्याबा बिरामीहरुलाई अस्पतालले जिल्ला बाहिर रेफर गर्दै आएको थियो ।
अप्रेशनका लागि अस्पतालमा एनेस्थेसियाको लागि एनेस्थेसियोलोजिष्ट डा.अबिशेस श्रेष्ठले सेवा दिदै आएको पनि सूचना अधिकारी ढकालले जानकारी दिए ।



