गोरखा । गोरखा नगरपालिकाको विन्ध्यावासिनी माध्यमिक विद्यालयमा बुवाको स्मृतीमा १ लाख १ हजार १११ रुपैयाँको अक्षय कोष स्थापना गरिदिएका छन् ।
गोरखा नगरपालिका–३ को नारेश्वर बजारमा रहेको बिद्यालयमा उद्योग वाणिज्य संघ गोरखाका पूर्व अक्षय जिवनज्योती श्रेष्ठले आफ्ना स्व.बाबुको स्मृतीमा उक्त रकम बरावरको अक्षय कोष स्थापना गरिएका हुन् ।
विधालयको ६२ औं वार्षिकउत्सवको अवसरमा अध्यक्ष कोष स्थापना गरिएको बिद्यालयलका प्रधानाध्यापक उदय भट्टले जानकारी दिए । श्रेष्ठले बिद्यालयलाई उक्त रकम बरावरको चेक हस्तान्तरण गरेका छन् ।
अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट विद्यालयका असाहय तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रावृद्धी उपलब्ध गराउने गरी कोषको स्थापना गरिएको श्रेष्ठले बताए ।
हस्तान्तरण कार्यक्रममा स्व. श्रेष्ठका धर्मपत्नी कुमारी श्रेष्ठ लगायतका आफन्तहरुको उपस्थिती रहेको बिद्यालयले जानकारी दिएको छ ।




