गोरखा । मनकामना केबलकारको प्यानल बोर्ड नेपाल आईपुगेको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण केवलकारको प्यानल (Thyristor panel ) मा गएको पौष ११ गते साँझ पख क्षति पुग्न गएका कारण बन्द हुदै आएको थियो ।
निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकहरू र सामान आएको पुष्टी गर्दै स्टेशन म्यानेजर उज्वल शेरचनले संभावत शुक्रबार नभए पनि शनिबार बिहानैदेखी सञ्चालनमा आउने जानकारी दिए । उनका अनुसार सामान भन्सार भएर राजधानीबाट केबलकार तर्फ ल्यादै गरिएको र प्राविधिकहरु तयारी अवस्थामा रहेकोले राती अबेरसम्म भए पनि सामान जडान गरेर टेष्ट गर्ने तयारी भई रहेको छ ।
निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट आएकाे Thyristor panel
२ साता अगाडी चालु अवस्थामा नै केबलकारको प्यानलमा आगलागी भए पछि पौष १२ गते मंगलबारदेखी पूर्णरुपमा केबलकार बन्द रहेको स्टेशन म्यानेजर शेरचनले जानकारी दिए । उनका अनुसार बन्द भएको १० दिन भईसकेको र तिर्थ यात्रीलाई मनकामना दर्शनमा समस्या आएको भन्दै कम्पनीबाट सामान चाढो मगाएर रातारात काम गर्न लागिएको हो ।
मनकामना मन्दिर जाने मुख्य सिजन मानिने यो बेला केबलकार बन्द हुदा कम्पनीलाई लाखौं रुपैयाँ नोक्सानी भएको छ भने तिर्थ यात्रीलाई आउजाउमा समस्या भएको छ ।
यो सिजनमा केबलकार भएर दैनिक जसो मनकामना मन्दिर जानेको संख्या ५ हजार भन्दा पनि बढी हुने गर्दछ ।



