गोरखा । होटल व्यवसायी महासंघको उपाध्यक्षमा गोरखाका भाइचन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
चितवनमा मंगलबार र बुधबार आयोजित महाधिवेशनले श्रेष्ठलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
महाविधेशनले दिनेशकुमार चुकेलाई महासंघको अध्यक्षमा र वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापालाई चयन गरेको छ । अधिवेशनले ८१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।




















