गोरखा । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको हालै सम्पन्न अधिवेशनमा गोरखाका प्रकाश ढकाल र मोहसिन अलि मियाँ सर्व सम्मत बिजयी भएका छन् । पोखरामा आयोजित प्रदेशको अधिवेशनले महासचिवमा ढकाल र सचिवमा मियाँ सर्व सम्मत चयन भएका हुन् ।
करिब १ दशक पछि आयोजित अधिवेशनले अध्यक्षमा भने पोखराका टंक अधिकारीलाई सर्व सम्मत चयन गरेको छ । पौष १९ र २० गते पोखरामा आयोजित अधिवेशनमा प्रदेशका ११ वटै जिल्लाका प्रेस युनियनमा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
गोरखाबाट विजयी भएका ढकाल हाल पोखराबाट प्रकासित हुने आर्दश समाज दैनिकमा कार्यरत छन् भने मियाँले सिभिल खबर डक कम अनलाईन पत्रिका संञ्चालन गर्दै आएका छन् ।




















