गोरखा । नेपाल मगर संघ गोरखाको १३ औं अधिबेशन आउदो माघ १ र २ गते गोरखा सदरमुकाममा हुने भएको छ । मकर संक्रान्तिको अबसरमा पारेर संघले अधिबेशन तथा माघे सकराती पर्व पनि मनाउन लागिएको हो ।
संघले आइतबार सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गदै गोरखा सदरमुकाम स्थित खेलकुद मैदानमा माघे संक्रान्ति पर्वको अबसरमा अधिवेशनका साथै पर्व मनाउन लागेको अध्यक्ष बिण्णु राना मगरले जानकारी दिए । उनका अनुसार जिल्लाको ९ वटा स्थानिय तहमा मात्र मगरहरुको बसोबास रहेको त्यहाँबाट अधिवेशनमा प्रतिनिधिको रुपमा मानिसहरु आउने छन् ।
अधिबेशनबाट २५ सदस्सीय जिल्ला कार्यसमिति चयन हुने छ । अधिवेशनको पहिलो दिन गोरखा सदरमुकामको नयाँबजार क्षेत्रबाट मगर समुदायको संस्कृती झल्कने पोशाक सहित झाकी निकालेर र्याली गरिने पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
माघी मेलामा मगर समुदायको खानपान, रहनसहन र रीतिरिवाज झल्कने गरी प्रर्दशनी समेत रहने मगर संघले जनाएको छ । संघले अधिबेशनको अबसरमा गोरखा जिल्ला भित्रका मगर समुदायको इतिहास पहिचान, समुदायको योगदान र परम्परालाई समेटेर दोस्रो ‘भैरव स्मारिका’ प्रकाशन गर्ने तयारी समेत गरेको छ ।
गोरखाको सास्कृतिक कल्चर हराएर गएका छ्न, उहाँले भन्नुभयो, घाटुनाच, कौडा नाच कहाँ कहाँ कस्तो छ त्यसको पनि स्मारिकामा समेटिने छ । भैरव स्मारिका यस २०६५ सालमा पनि संघले प्रकाशन गरेको थियो ।
२०६८ सालको जनगणना अनुसार जिल्लाको ९ स्थानिय तहमा ३१ हजारको सख्यामा मगर समुदाय रहेको छ ।




















