गोरखा । गोरखा जेसिज गोरखाको अध्यक्षमा पुष्कर गुरुङ चयन भएका छन् । बर्ष २०२३ का लागि भएको अधिवेशनले गुरुङ सर्वसम्मत अध्यक्षमा चयन भएको हो ।
अधिवेशनबाट कार्यकारी उपाध्यक्ष द्वयमा प्रोमदजंग कुँवर र सुजित श्रेष्ठ निर्वाचित भएका छन् ।
उपाध्यक्षमा ताराबहादुर खड्का, भुबनबहादुर खड्का, जिवन थापा, बिष्णु थापा मगर र सह–सचिवमा सोम श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
महासचिव, कोषाध्यक्ष र कानुनी सल्हाकार भने कार्यसमितिको बैठकबाट मनोनित गर्ने गरी अधिवेशन समापन गरिएको थियो ।
गोरखा जेसिजका वर्ष २०२२ का अध्यक्ष शैलेन्द्र भट्टको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा जेसिज २००३ का अध्यक्ष दिलबहादुर बस्नेत, पूर्व अध्यक्षहरु जिवनज्योती श्रेष्ठ र कृष्णकुमार श्रेष्ठ, वर्ष २०२२ का उपाध्यक्ष काजिराम दानी लगायतले शुभ कामना मन्तब्य राखेका थिए ।


