गोरखा । गोरखाको जराङमा फुटबल प्रतियोगिता हुने भएको छ । बारपाक सुलिकोट गाउँपालिका–८ को जराङमा माघे संक्रान्तिको अवशरमा ‘जराङ कप २०७९’ फुटबल प्रतियोगिता हुने लागेको हो ।
प्रतियोगिता जनप्रेमी युवा क्लबको आयोजनामा माघ १ गतेदेखी सुरु हुने संस्थाका सदस्य रमेश बरामले जानकारी दिए ।
उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । भने दोस्रो हुने टिमले नगद ५० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबले जानकारी दिएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, किपर र गोलकरर्ताले नगद २ हजार सहित ट्रफी प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।
क्लबले यस अघि पनि माघे संक्रान्तिको अवशर पारेर फुटबल प्रतियोगिता गराउदै आएको छ ।




















