गोरखा । सामुदायिक सेवा केन्द्र गोरखाको अध्यक्षमा रामहरी केसी सर्व सम्मत चयन भएका छन् । जिल्ला समन्वय समिति गोरखाको सभा हलमा बिहीबार भएको चौथो साधारणसभा तथा तेस्रो अधिबेशनबाट केसी सर्व सम्मत चयन भएका हुन् ।
अधिबेशनले समितीमा निबर्तमान अध्यक्ष सुशीलबाबु श्रेष्ठ (कैलास), उपाध्यक्ष मिनादेवी श्रेष्ठ, सचिवमा काजीराम श्रेष्ठ, कोषाध्यक्षमा भोलाप्रसाद मरहठ्ठा र सह–सचिवमा अन्जनबावु खत्री सर्व सम्मत चयन भएका छन् ।
२१ सदस्यीय समितिमा हाल १७ सदस्य मात्र चयन गरिएको छ । समितिको बैठकले ४ सदस्य चयन गर्ने गरी हाललाई १७ सदस्यीय बनाइएको सामुदायिक सेवा केन्द्रका नि.अध्यक्ष कैलासबावु श्रेष्ठले जानकारी दिए । सोही अधिवेशनले बाबुराम श्रेष्ठ, देवु मास्के, शान्ति श्रेष्ठ, शोभा प्रधान दवाडी, बिष्णुबहादुर थापा, दण्डपाँडी कट्टेल, किरण ढकाल, ज्ञानु अर्याल, बिक्रम बस्नेत, फत्तबहादुर श्रेष्ठ र भाईकाजी आले सर्वसम्मत चयन गरेको छ ।
साधारणसभा तथा अधिबेशनको जिल्ला समन्वय समिती गोरखाका प्रमुख मोहन बहादुर थापामगरले पानसमा बत्तिबालेर उदघाट्न गरेका थिए । प्रमुख अतिथी थापाले भोलीका दिनमा केन्द्रलाई समन्वयले गर्न सक्ने सहयोग र आफुले ब्यक्तिगत रुपमा गर्ने सहयोगका लागि पनि तयार रहेको जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले नागरिकसग सगै मिलेर प्रहरीले काम गर्नुपर्छ भन्ने अबधारणाका साथ सामुदायिक सेवा केन्द्रको अबधारणाको बिकास भएको बताए । बरालले केन्द्रलाई अझै चलायमान हुन आग्रह समेत गरे ।
कार्यक्रममा सामाजिक बिकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियार र सामुदायिक सेवा केन्द्र पालुङटरका अध्यक्ष सरोज देवकोटाले समेत शुभ कामना मनतब्य ब्यक्त गरेका थिए ।
अधिवेशनमा गोरखाको मुख्य मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडानमा सहयोग गरेको भन्दै होलिडे नेटवक प्रालि, सन टेक्नोलोजी काठमाण्डौ, गोरखा नगरपालिका ७ को तल्लो मैदान र सत्तले चौतारो टोल बिकास संस्था तथा गोरखा नगरपालिका १२ को १२ किलो अस्थाई तरकारी तथा फलफुल ब्यवस्थापन समिति, गोरखा सेवा समाज नेपाल, रेडियो मनासलु र च्वाईस एफएमलाई समेत सम्मान गरिएको थियो ।
सोही अधिवेशनमा सामुदायिक सेवा केन्द्रमा बसेर काम गर्ने २ जना प्रहरी कर्मचारीहरु दिनेश भण्डारी र शर्मिला थापा मगरलाई समेत सम्मान पत्रले सम्मान गरिएको थियो ।
सामुदायिक सेवा केन्द्र गोरखाले अपराधलाई न्यूनीकरण, लागुऔषध दुर्ब्यसनी रोकथामका लागी सचेतना प्रदान गर्ने लगायतका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ ।
कार्यक्रममा गोरखा नगरपालिकाको विभिन्न वडाका वडाध्यक्षका साथै जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक लिलाराज लामिछाने, निरीक्षक सोमनाथ ढकाल, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठ र चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।
साधारणसभा तथा अधिबेशनको उद्घाटन कार्यक्रम केन्द्रका अध्यक्ष सुशिलबाबु श्रेष्ठ (कैलाश) को अध्यक्षतामा सम्पन्न भएको हो ।






