गोरखा । गोरखा प्रहरीले २ जना फरार अभियुक्तलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि कारागार चलान गरेको छ ।
जिल्ला अदालत गोरखाबाट कैद र जरिवाना सजाय तोकी फरार रहेका अभियुक्तहरु प्रहरीले पक्राउ गरी फैसला कार्यान्व्यनका लागि अदालत मार्फत कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
फैसला कार्यान्वयन बिशेष टोलीले कुटपिट अंगभंग मुद्दामा २ महिना ३ दिन कैद तोकिई फरार रहेका जिल्ला गोरखा पालुङटार नगरपालिका–३ का बर्ष ३० को सुदिप परियार र सवारी ज्यान मुद्दामा २ महिना १३ दिन कैद तोकिई फरार रहेका जिल्ला गोरखा पालुङटार नगरपालिका–९ का २९ बर्षका नितेश परियारलाई बिहिबार पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई कैद भुक्तानको लागि गोरखा कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।


