गोरखा । जिल्ला समन्वय समिति गोरखाका उपप्रमुखका श्रीमान मृक्त फेला परेका छन् । बिगत ५ दिनदेखी सम्र्पक बिहिन भएका हरी परियार आज बिहान मृत्त फेला परेका हुन् ।
शहिद लखन गाउँपालिका–९ नामजुङको बलेनीडाडाँ घर भएका परियार बिगत ५ दिनदेखी सम्र्पक बिहिन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
एक्कासी सम्र्पक बिहिन भएका परियारको हिजो मात्र मोटरसाइकल चालकले सडक किनारामा मोबाइल फेला पारेको र परिवारलाई बुझाएको थियो । बेपत्ता परियारका श्रीमती लिला परियार र छोराले आज बिहान सोही स्थानमा खोजी गर्दा झाँडीमा घोप्टो अवस्थामा मृत्त शरिर फेला पारेको एक स्थानियले जानकारी दिए ।
परियारको बलेनी डाडाँ भन्ने स्थानमा मृत्त शरिर फेला परेको गोरखा प्रहरीले जानकारी दिएको हो । परियारको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने काम भई रहेको छ ।




















