×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको ठुलाे आँगनमा यही पौष २७ गतेबाट ‘राष्ट्रनिर्माता सलामी’ को थालनी

  •  गोरखा समाचार
  • मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । याही पौष २७ गतेबाट गोरखा बजारको ठुलो आँगन क्षेत्रमा ‘राष्ट्रनिर्माता सलामी’ को थालनी हुने भएको छ । गोरखा दरबार संग्राहलय परिषरमा रहेको ऐतिहासिक ठूलो आँगनमा राष्ट्रिय एकता दिवसको पारेर झण्डोत्तोलन तथा बिगुलद्धारा बिजय ध्वनी सहित शराष्ट्रनिर्माता सलामी’ अर्पणको थालनी गरिने भएको हो ।

    मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल एकिकरणका अभियान्ता पृथ्वीनारायण शाहको शालिक, नेपालको राष्ट्रिय झण्डा र नेपालको नक्सा सहितको मनोग्राम राखेर ‘राष्ट्रनिर्माता् सलामी’ अर्पण कार्यक्रम सुरु गरिन लागेको गोरखा नगरपालिका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिए ।

    संग्राहलय परिषरमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख रानामगरले यहीँ पौष २७ गते राष्ट्रिय एकता दिवसको अबसरमा बिजय ध्वनी सहित ‘राष्ट्रनिर्माता सलामी’ अर्पणको थालनी गरिन लागेको बताए ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख रानामगरले समग्र गोरखाको पर्यटन प्रबद्र्धनका लागि ठूलो आँगनमा दैनिक बिहानको सूर्योदय र बेलुकीको सूर्योअस्तको समयमा पृथ्वीनारायण शाह कालिन नेपाली सेनाको पेशाकमा सेनाले परेड खेल्ने र सलामी अर्पण गर्ने जानकारी दिए ।

    ‘राष्ट्रनिर्माता सलामी’ नेपालको गोरखामा मात्र हुने भएका कारण देशैभरबाट हेर्नका लागि समेत पर्यटकहरु गोरखा आउने वातावरणको बन्नेमा आफु विश्वस्त रहेको भन्दै नगर प्रमुख रानामगरले यसबाट गोरखाको इतिहासको जर्गेना मात्र नभएर पर्यटनको प्रवद्र्वन समेत हुने जानकारी दिए ।
    ‘
    नेपाल एकिकरणको इतिहासमा गोरखाको छुट्टै पहिचान रहेको भन्दै नगरप्रमुख रानामगरले इतिहासलाई जोगाउदै त्यसको प्रचार–प्रसार गरेर जिल्लाले फाइदा लिनसक्नु पर्ने धारणा ब्यत्त गरे ।

    पत्रकार सम्मेलनमा उपस्थित रिपुमर्दन गणका प्रमुख हेमराज विष्टले पुस २७ गते राष्ट्रिय एकता दिवसको दिन देशभर हरेक बर्ष राष्ट्रनिर्माता सलामी दिइन्छ, गोरखा झन ऐतिहासिक जिल्ला भएकाले नेपाल एकीकरणको उदगमस्थलमा दैनिक रुपमा सलामी दिँदा झन यसको छुट्टै महत्व हुने बताए ।

    शालिकको अनावरण लागि भने नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराज शर्मा आउने भएका छन् । गोरखा नगरपालिका ६ को ठुलो आँगनको बिच भागमा बनेको उक्त संरचनाका लागि गोरखा नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको हो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.