गोरखा । गोरखाको अश्राङमा १० शैयाको आधारभुत अस्पताल सञ्चालनमा आएको छ । अस्पताल भिमसेन थापा गाउँपालिकाले हालै सञ्चालनमा ल्याएको हो ।
पालिका भित्र रहेका नागरिकहरुमा सहज र सुलभ रुपमा स्वास्थ्य उपचार सेवा पुु¥याउने उद्देश्यले अश्राङ स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी आधारभूत अस्पतालमा परिणत गरेको गाउँपालिकाले जनाएको छ ।
अस्पतालको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले उद्घाटन गर्दै अश्राङ्ग स्वास्थ्य चौकीलाई परिमार्जित गरेर १० शैयाको आधारभुत स्वास्थ्य अस्पताल निर्माण गरिएको बताए । उनले पालिका भित्रका सबै नागरिकलाई स्वास्थ्यमा पहँुच पुरर्याउने उद्वेश्यका साथ अस्पताल सञ्चालनमा ल्याएको बताए ।
पालिका अध्यक्ष बञ्जाराका अनुसार आफ्नै गाउँ ठाउँमा स्वास्थ्य सेवा दिनको लागि र स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउने गरी गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएको कार्यक्रममा जानकारी दिएका थिए ।
सर्व साधारण नागरिकलाई स्थानीय सरकारको अनुभुती दिलाउने उद्देश्यले अस्पतालको निर्माण गरि सञ्चालनमा ल्याएको पालिकाले जनाएको छ । आधारभुत अस्पतालमा ओपिडी सेवा, ल्याब सेवा, फामेर्सी सेवा, भिडियो यक्सरे सेवा उपलब्ध हुने छ ।
अस्पताल सञ्चालनका लागि चिकित्सक सहित स्वास्थ्य तर्फ नर्स हेल्थ असिस्टेन्ट ल्याब फार्मेसी सहायक डेन्ट हाइजिनिष्ट तथा प्रशासन तर्फ नायन सुब्वा लगाएतका कर्मचारीको ब्यबस्था गरिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।




















