गोरखा । नेकपा (माओवादी केन्द्र) संसदीय दलको प्रमुख सचेतकमा गोरखाका हितराज पाण्डे निर्विरोध चयन भएका छन् ।
आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
आजैको बैठकले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई निर्विरोध चयन गरेको छ भने राष्ट्रिय सभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन गरिएको छ । प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै छन् ।


