गोरखा । जिल्ला समन्वय समिति गोरखाको प्रवक्तामा शिवप्रसाद रेग्मी चयन भएका छन् ।
मंसिर २७ गतेको बैठकको प्रस्ताव अनुसार हालै सम्पन्न समन्वय समिति गोरखाको बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
जिल्ला समन्व्य समितिका प्रमुख मोहनबहादुर थापामगरका अनुसार रेग्मी गण्डकी गाउँपालिकाबाट वडा सदस्यमा निर्वाचित भई समन्वय समितिमा सदस्य पदमा छन् ।
उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जिल्ला समन्वय समितिको सदस्यमा बिजयी भएका थिए ।




















