गोरखा । गोरखाको पालुङटार नगरपालिकामा चितुवाको आक्रमणबाट १ जना महिला घाइते भएको छ । चितुवाको आक्रमणबाट देउराली घर भएकी टिका नेपाली घाइते हुुनुभएको पालुङटार प्रहरीले जनाएको छ ।
देउरालीबाट गाईखुर आउदै गर्दा ओप्री भञ्ज्याङ नजिकै नेपालीलाई चितुवाले आक्रमण गरेको थियो । घाइते महिलाको आँपपिपल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
चितुवाले ति महिलालाई बुधबार दिउसो आक्रमण गरेको थियो ।



