×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

माओवादीलाई सरकारमा नजान आन्तरिक दबाब

  •  गोरखा समाचार
  • बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    महेश्वर दाहाल

    काठमाडौं । निर्वाचन नतिजा आएर निर्वाचन आयोगले त्यसलाई राष्ट्रपति सामु औपचारिक प्रस्तुत गर्दैगर्दा दलहरू नयाँ सरकार निर्माणको दौडधुपमा छन् । कांग्रेसले एमाले र माओवादी बाहेक नै र एमालेले पनि कांग्रेस र माओवादी बाहेक नै सरकार बनाउन सक्ने शक्ति समीकरण देखिए पनि अहिलेकै गठबन्धनले सरकार बनाउने बढी सम्भावना छ । त्यसो त कांग्रेस र एमाले मिलेर स्थिर सरकार दिनुपर्ने मत पनि जबर्जस्त छ । यही गठबन्धनको सरकार बन्दा माओवादी केन्द्रको समर्थनको महत्वपूर्ण राजनीतिक अर्थ छ । तर, माओवादी केन्द्रमा भने अब सरकारमा जानुहुन्न भन्ने मत प्रभावी बन्दै गएको छ । संबिधानको रक्षा र राजनीतिक स्थिरताका लागि बाहिरै बसेर भए पनि समर्थन गर्न सकिने, संबैधानिक पद र प्रदेश सरकारमा गठबन्धन गर्न सकिने संघीय सरकारमा भने यो एक चरण कुनै हालतमा सहभागी हुन नहुने आन्तरिक दबाबमा माओवादी केन्द्र छ ।

    माओवादी अनवरत सरकारमा भुल्दा जनताका मुद्दा कमजोर परेको र संगठनात्मक मजबुतीसहित एउटा सामाजिक जागरणको राजनीतिक अभियान निर्माण गर्न जरुरी भइसकेको महसुस पछिल्ला दिनमा अझ बढी गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताले अनुभूति गर्ने तहमा पुनर्ताजगी नगर्ने हो भने ऐतिहासिक राजनीतिक उपलब्धि नै खतरामा पर्न सक्ने संकेत यो निर्वाचनमा समेत देखापरेको छ । सुशासनको पक्षमा र भ्रष्टाचारको विरोधमा भन्दै वैदेशिक स्वार्थ–सरोकार बोक्ने ठानिएको र नरम दक्षिणपन्थी शक्तिका रुपमा घण्टीको उदय भएको छ भने अन्तर्यमा बिखण्डन नियत बोकेका, मधेशमा सीके राउत र थारु समुदायमा रेशम चौधरीको उदय भएको छ । अनि पुरातन राजावादी शक्ति राप्रपा राजेन्द्र लिङदेनको कलेबरमा हैसियतसहित आएको छ । संघीयता, समावेशी, समानुपातिक जस्ता आन्दोलनको उभारमा आएका माओवादी केन्द्र, जसपा, लोसपा जस्ता शक्तिहरू कमजोर परेका छन् । कांग्रेस र एमाले जस्ता यथास्थितिवादी शक्ति हाराहारीमै छन् ।

    जनयुद्ध गरिरहेको नेकपा (माओवादी) शान्ति प्रक्रियामार्फत संसदीय राजनीतिमा प्रवेश गर्दा पहिलो संविधानसभाको चुनावबाट प्रत्यक्ष तथा समानुपातिक गरी दुई सय २० सिटका साथ सबैभन्दा ठूलो दल बनेको थियो । त्यतिखेरको उसको समग्र मत हिस्सा २९ दशमलव २८ प्रतिशत थियो भने दोस्रो संविधान सभासम्ममा विभाजित भइसकेको माओवादी मत हिस्सा घटेर १५ दशमलव २१ प्रतिशतमा झरेको थियो । संविधान घोषणा भएपछिको पहिलो निर्वाचनमा त्यो झन् घटेर गयो । कुल मत हिस्सामा तुलनात्मक रूपमा कम ह्रास आयो तर ह्रास भने आयो । १३ दशमलव ६५ प्रतिशतमा झ-यो । यो मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम अनुसार त माओवादी केन्द्रको मत हिस्सा ११ दशमलव २८ प्रतिशतमा सीमित भएको छ ।

    जसको बलिदानी संघर्षको जगमा उथलपुथकारी राजनीतिक परिवर्तन संभव भयो, त्यो नै किन क्रमशः खुम्चिंदो छ । त्यसैले जनताका मुद्दाहरूको पुनर्ताजगी र सशक्त संगठनात्मक पहको अनिवार्यता झन धेरै महसुस गर्न थालिएको हो ।

    विवेकशील हुँदै बालेन र रविसम्म आउँदा बाह्य लगानी र न्यु मिडिया प्रयोगको जबर्जस्त प्रभाव देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता स्वयंले भनेका छन् कि निर्वाचनमा ४० हजार मानिस परिचालन गरियो । त्यो परिचालनको आर्थिक स्रोत र ब्यबस्थापन कसको हो ? यसको मिसन के हो ? उक्त पार्टीको संरचना रातारात कसरी र कुन वैचारिक आधारमा बन्यो ? प्रश्नैप्रश्नका बीचमा छ यो खेल । यसलाई परिवर्तनकामी राजनीतिक शक्तिहरूले समयमै चिर्नु जरुरी छ । सामान्य व्यक्ति, जो सामाजिक राजनीतिक क्षेत्रमा देखिए–सुनिएको नै हुँदैन, एकै पटक कसरी हावी भए ?

    १० वर्ष अगाडिको तुलनामा राजनीतिक आन्दोलनले स्थापित गरेको धर्मनिरपेक्षताका सट्टा हिन्दु राष्ट्रको अवधारणा समेत प्रभावशाली बनेर गएको छ । भारतका हिन्दुवादीहरुले भारतमा र नेपालमा समेत हिन्दु राष्ट्रको घोषणा नगरिए हिन्दुको अस्तित्वमा संकट आउने बताएका छन् । विज्ञहरूका अनुसार सन् २०१९मा भाजपाले ठूलो बहुमतका साथ जिते यता नेपाललाई समेत हिन्दु राष्ट्र बनाउने उसको मनस्थिति झन बलियो भएको छ । चीनको अनपेक्षित उदयको चिन्ताले भारतमा यो हदको छट्पटी निर्माण भएको हो । चीनले यो अवधिमा गरेको आर्थिक विकासले आफ्नो वर्चस्वमा धक्का लागेको महसुस गर्दै चीनलाई विश्वका लागि खतराका रूपमा प्रस्तुत गर्ने नीति अमेरिकासँगै भारतले पनि जारी राखेको छ । अमेरिका त पहिलाभन्दा निकै आक्रामक भएर लागेको छ ।

    चीनलाई घेर्न एसिया प्रशान्तको ठाउँमा हिन्द प्रशान्त क्षेत्रीय नीतिलाई सैनिक रणनीतिकरूपमा निर्माण, उदीयमान चीन र भारत जस्ता देशहरूको बीचमा रहेको नेपालको भूराजनीतिक मूल्यमा वृद्धि भएको बुझाइ र त्यसकारण नेपालको असंलग्न पक्षधरता भङ्ग गर्ने प्रयास तथा नेपाललाई एमसीसी सम्झौतामा संलग्न गराई संसदबाट यसलाई अनुमोदन गराउने नीति अवलम्बन त्यसैका परिघटना हुन् ।

    भारतको स्वार्थ हुँदै यसरी नेपालको आन्तरिक मामलामा अमेरिका समेत छिरेको छ । अमेरिका आफू अनुकूल निर्वाचन भयो कि भएन, आफू अनुकूलको शासन सत्ता चल्यो कि चलेन, त्यस आधारमा लोकतन्त्र र विधिको शासनको सूत्रलाई अगाडि बढाउने गर्छ । अमेरिकी सहयोगमा चलेका आईएनजीओ, एनजीओ र मानवअधिकारकर्मीहरूले जनतामाझ लोकप्रिय हुन सक्ने एजेन्डालाई उठाएर प्रदर्शन चर्काउने गर्छन् । यस्ता जमातमा सामेल हुने व्यक्तिहरू राजनीतिक विचार वा दर्शनबाट होइन लोकप्रिय एजेन्डामा संगठित हुन्छन् । अमेरिकी सहयोगमा चलेका व्यक्तिहरूले विभिन्न देशमा यसरी आन्दोलन गराउने गरेका छन् ।

    नेपालको भूराजनीतिक मूल्य अमेरिकाका लागि धेरै बढ्नुमा चीन अमेरिकाको प्रमुख प्रतिस्पर्धी हो । चीनलाई घेराबन्दीमा हाल्ने रणनीतिक योजनामा नेपालको भूराजनीतिक स्थितिको मूल्य बढेकोले यहाँ उसले आफ्नो अनुकूलको वातावरण बनाउन खोजेको देखिएको छ । अमेरिकाको कूटनीतिक प्रयासले नेपाललाई असंलग्न आन्दोलनको बिन्दुबाट उतातिर घिसार्दै लगेको छ । इन्डो प्यासिफिक सैनिक रणनीतिभित्रको एक इकाइको रूपमा रहेको एमसीसी परियोजनालाई संसदबाट संसदभित्रकै प्रमुख दलको सहयोग र समर्थनमा अनुमोदन गराउने सफलता अमेरिकालाई प्राप्त भइसकेको छ ।

    नेपालको छिमेकी भारत र चीन दुवै, रुसले युक्रेनमाथि गरेको आक्रमणको परिदृश्यमा अमेरिकाभन्दा रुस निकट देखिएका छन् । नेपालले भने अनावश्यक रूपमा अमेरिकी प्रभावमा परी युक्रेनको पक्ष लिएको छ । नेपालमा अमेरिकाले ध्यान दिनुको कारण चाहेको बेला यस वरिपरिको क्षेत्रमा अस्थिरता कायम गर्ने मनसाय हो ।

    त्यस स्वार्थमा परम्परागत पार्टीलाई प्रभावमा राखिरहने र जनबिश्वास देखाउन नयाँ दलहरू निर्माण गर्ने अमेरिकी रणनीति नेपालमा पनि सफल हुँदै त छैन ? अविश्वसनीय शक्तिहरूको भण्डाफोर गर्न, कमजोर राष्ट्रियतालाई मजबुत गर्न, कमजोर बनाउन खोजिएको संघीय गणतन्त्रलाई मजबुत गर्न र जनताका मुद्दामा एकाकार हुन माओवादीले सरकारमा होइन, एकपटक सडकतिर, जनतातिरको यात्रा गर्नुपर्ने दबाब यसैले निर्माण भएको हो । नेताका असान्दर्भिक सत्ता यात्राले दिक्क भएका र आक्रोश स्वरुप घण्टी र अरुहरुतिर भड्किएका जनतामा राजनीतिक परिवर्तनप्रति बिश्वास जगाइराख्न अब ढिलो भइसकेको छ । परिवर्तन जोगाउने अनि यसको गतिलाई व्याबहारिक अनुभूति हुने गरी लागू गर्न दबाब दिने काम माओवादी केन्द्रले नै गर्नुपर्छ, जनताको विश्वास जितिराख्न चाहने हो भने ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.