गोरखा । गोरखा बजारको ठिगुरेश्वारा क्षेत्रमा हिजो राती कार दुर्घटना भएको छ । दुर्घटनामा परी चालक सहित २ जना सामान्य घाईते भएका छन् ।
गोरखा नगरपालिका–९ को ठिगुरेश्वारा क्षेत्रमा गोरखा बजारबाट ठिगुरेश्वारा तर्फ जादै गरेको बा. ६ च १८०२ नम्बर कार दुर्घटनामा परी गोरखा नगरपालिका–९ का चालक ३८ बर्षिय राजन कुवर र १० का २४ बर्षिय झम्कनाथ ढुङाना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सडकबाट १५ मिटर तल खोल्सीमा खसेको उक्त कारका चालकले मादक पदार्थ सेवन गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
सामान्य घाईते भएको दुवै जनाको सोमबार राती नै गोरखा अस्पतालमा उपचार गरिएको थियो । उपचार पछि ढुङानालाई घर फर्काएको र चालक कुवरलाई नियन्त्रणमा राखिएको हो ।




















