गोरखा । गोरखा बजारको ठूलोआँगनमा पृथ्वीनारायण शाहको सालिक स्थापना गर्ने प्रक्रिया सुरु गरिएको छ । गोरखा नगरपालिका–६ को ठुलोआँगन क्षेत्रमा गोरखा नगरपालिकाले शाहको शालिक राख्न लागेको हो ।
पर्यटक भित्र्याउने भन्दै नगरपालिकाले करिब २२ लाख रुपैयाँ लागतमा ठूलोआँगनको बीच भागमा सालिक राख्न लागेको गोरखा नगरपालिकाले जनाएको छ । आँगनको बिच भागमा शालिक स्थापना गर्न सोमबारदेखी काम थालनि गरिएको छ ।
शालिक स्थापना संगै पौष २७ गतेबाट नेपाली सेनाको एक टुकडी (५४ जना) ले नियमित रुपमा बिहान र साँझ परेड संगै शाहलाई सलामी दिने कार्यक्रम तय गरिएको छ । परेड तथा सलामी भने अब कालान्तरसम्म जारी रहने भएको छ ।
नगरपालिकाले यस्तो कार्यबाट उक्त क्षेत्रको पर्यटन प्रवद्र्धन टेवा पुग्ने विश्वास लिएको छ ।




















