गोरखा । गोरखाका पत्रकार भिमलाल श्रेष्ठलाई ‘इच्छाकामना न्यूज सम्मान २०७९’बाट सम्मानित गरिएको छ । शनिबार इच्छाकामनाको बार्षिक साधारण सभामा श्रेष्ठलाई सम्मानित गरिएको हो ।
गण्डकी गाउँपालिका–८ घर भएका श्रेष्ठले बिगत २ दशकदेखी जिल्ला सदरमुकाममा रहेर विभिन्न सञ्चार माध्याममा कलम चलाउदै आएका थिए । पछिल्लो समय कान्तिपुर टेलिभिजनमा कार्यरत श्रेष्ठलाई संस्थाको पाँचौ बार्षिक साधारण सभामा सम्मानित गरिएको इच्छाकामना न्युज डटका सम्पादक देवराज गुरुङले जानकारी दिए ।
सोही कार्यक्रममा उक्त संस्थाले खेलाडी सुप्रिका गुरुङ, साहित्यकार अनिल श्रेष्ठ, लेखक तथा सोधकर्ता जिवन आलेमगर, पत्रकार रोहिणी त्रिपाठी र बिद्यार्थी मनिष चेपाङलाई समेत सम्मान गरिएको थियो ।




















