×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३८ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६० मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखाको पाडेवेशीमा निर्माणाधिन चम्पावती हाइड्रोपावरमा तोडफोड र आगजनी

  •  गोरखा समाचार
  • आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । निमार्णधिन ७ मेगावट क्षमताको चम्पावती हाइड्रोपाउरको पाउरहाउस क्षेत्रमा शनिवार एक समूहले तोडफोड र आगजनी भएको छ ।

    सिरानचोक २ को पाडेवेशीमा निमाणधिन चम्पावती हाइड्रोपावरका कारण राईनासटार सिंचाई आयोजना प्रभावित बन्ने भन्दै लमजुङ राइनासटार सिंचाइ आयोजना उपभोक्ताहरुले शनिवार तोडफोड र आगजनी गरेको हो ।

    उनीहरुले कार्यालयको कागजातहरु, कम्प्युटर, २ वटा मोटरसाइकल र ठुला २ वटा ट्रकका साथै जेनेरेटर र विभिन्न स्टोरहरुमा समेत आगजनी गरेको लगानी कर्ता मध्येका दुर्गा श्रेष्ठले जानकारी दिए । उनीहरुले पाउवरहाउसमा रहेको कार्यालयमा तोडफोड गरी आगजनी गरेका थिए । तोडफोडबाट पाउरहाउसमा राखिएको मिक्स्चर र डोजरमा समेत क्षति पुगेको छ ।

    प्रहरी र प्रशासन नै मुकदर्शक बनिदिदा अप्रिय घटना भएको श्रेष्ठले बताए । आन्दोलनकारीको आक्रमणमा परेर ३ जना प्रहरी समेत घाइते बनाएका छन् । उनीहरुले आगजनी र तोडफोड गरेको फोटो भिडियो नखिच्न भन्दै पत्रकारलाई धम्की समेत दिएका थिए । आन्दोलनकारी भनिएकाहरुले पत्रकारले खिचेको फोटो र भिडियो डिलिट गर्न दवाव समेत दिएका थिए ।

    वि सं २०४० सालमा निर्माण गरिएको राइनासटार सिंचाइ आयोजनाका करिव १ हजार ८०० उपभोक्ता रहेको र आयोजनाबाट ८७५ हेक्टर क्षेत्रफल सिंचाइ हुदै आएको छ ।

    हाईड्रोपावरले सिंचाई आयोजनाको करिब १०० मिटर तल टर्वाईन राख्ने गरि निर्माण भइरहेको भन्दै त्यसरी निर्माण गरिंदा हिउँदको समयमा राइनासटार सिंचाई आयोजना नहरमा पानी चलाउन समस्या आउने र टारका सबै खेत बाँझो हुने, सिंचाई गर्न नसकिने तथा बर्षामा समेत प्रभावित हुने राइनासटार सिंचाइ आयोजनाका कोषााध्यक्ष गोविन्दराज न्यौपाने बताउ ।

    न्यौपानेका अनुसार गत असार २३ गते राईनास नगरपालिकामा लिखित जानकारी गराएको र सोही अनुसार असोज ५ गते राईनास नगरपालिकाको आयोजनामा गरिएको सार्वजनिक सुनुवाईमा पावरहाउस निर्माण पनि नहरमा पानी नजाने हुँदा काम बन्द गर्न किसानहरुले आग्रह गरेका थिए ।

    वातावरणीय परीक्षण रिर्पोट (आईई) मा पावरहाउस सिंचाई आयोजनाको मुहान भन्दा माथि बनाउने उल्लेख छ ।

    प्रभावित किसानहरु जलस्रोत मन्त्रालय, सिंचाइ मन्त्रालय, वातावरण मन्त्रालय, विद्युत विकासमा डेलिगेन गइसकेको र आयोजनाको पाउर हाउसको निमार्ण कार्य रोक्ने आदेश भएको एक किसानले बताए । हाईड्रोले त्यसको वेवास्ता गर्दै राइनासटार सिंचाइ आयोजनाको मुहानबाट २०० मिटर तल बनाउन लागेको भन्दै त्यसलाई स्थगित नगरे अझै शसत्त आन्दोलनमा उत्रने पिडित किसानहरुको भनाई छ ।

    चम्पावती हाईड्रोपावरका निर्देशक डा.हरेराम पराजुलीका अनुसार पावरहाउसबाट निस्केको चेपेखोलाको पानी पुनः नहरको मुहान भन्दा माथि लगेर खसाउने गरी काम भइरहेको बेला हुल हुज्जगरी तोडफोड र आगजनी हुनु निन्दनीय कार्य भएको भन्दै अब आफुहरु कानूनी प्रकृयामा जाने बताए ।

    चम्पावती हाइड्रोपाउरले लमजुङ राइनासटार सिंचाइ आयोजना प्रभावितको माग सुन्नु पर्ने र उनीहरुको मागको सुनुवाइ बिना आयोजना अघि बढ्न नसक्ने राइनास नगरपालिकाका प्रमुख खडग गुरुङको धारणा छ ।

    ०८० साल असार महिना भित्रमा सम्पन्न गर्नेगरी काम भईरहेको आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको कुल लागत १ अर्ब ३२ करोड रहेको छ ।गोरखाको पाडेवेशीमा निर्माणाधिन चम्पावती हाइड्रोपावरमा तोडफोड र आगजनी

    ०८० साल असार महिना भित्रमा सम्पन्न गर्नेगरी काम भईरहेको आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको कुल लागत १ अर्ब ३२ करोड रहेको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.