गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका भित्रका सामुदायिक बिधालयहरुमा अतिरिक्त शैक्षिक सुधारका लागि घुम्ती शिक्षक नियुक्त गरेर परिचालन गरिने भएको छ ।
चालु आर्थिक बर्षमा पालिका भित्रका सामुदायिक बिधालयमा अध्ययनरत बिधार्थीहरुको खेलकुद तथा संगीत क्षेत्रमा दक्षता हासिल गराउनका लागि गाउँपालिकाले घुम्ती शिक्षक नियुक्त गरेर परिचालन गर्न लागेको हो ।
गाउँपालिका शिक्षा शाखाका प्रमुख यानबहादुर नेपालीका अनुसार घुम्ति शिक्षक व्यवस्थापन कार्यबिधि २०७९ अनुुसार शिक्षक नियुक्त गरेर बिद्यालयहरुमा परिचालन गरिन लागेको हो ।
पालिकाले बिधालयहरुमा खेलकुद, संगीतमा अध्यापन गराउनका लागि सम्बन्धित बिषयमा दक्षता रहेका २ जना शिक्षक नियुक्त गर्ने तयारी गरीरहेको शिक्षा शाखा जनाएको छ ।
शिक्षक नियुक्तीका लागि गाउँपालिका शिक्षा शाखाले आवेदन समेत माग गरिसकेको र केही साता भित्रै शिक्षक नियुक्ती गरेर बिद्यालयमा परिचालन गरिने शिक्षा शाखा प्रमुख नेपालीले जानकारी दिए ।


