गोरखा । ऐतिहासिक तथा प्रसिद्व धार्मिक तिर्थस्थल गोरखाको मनकामना मन्दिरमा आज बिहानैदेखी भक्तजनहरुको भीड लागेको छ ।
मन्दिरमा पुजाआजाका लागि भक्तजनहरुले भिड लागेको मुख्य पुजारी ईन्सानबहादुर थापाले जानकारी दिए ।
मन्दिरमा प्राय शनिबारका दिन भिड लाग्ने भएता पनि आज भने भक्तजनको संख्या अत्याधिक रहेको पुजारी थापाले बताए । शुक्रअन्ध सकिएकाले पनि भक्तजनहरु धेरै भएको अर्का पुजारी नरबहादुर थापाले बताए ।
शुक्रबार साँझ नै मन्दिरमा पुगेका भक्तजनहरुले मनकामना बजार क्षेत्रका होटलहरु खचाखच भरिएका थियो । आज शनिबार पनि बिहानैदेखी मन्दिर दर्शनका लागि आउने भक्तजनका कारण अहिले होटल खचाखच भरिएको स्थानिय ब्यापारी दिनेश जोशीले बताए ।
मनकामना दर्शन गर्न नेपालको विभिन्न भागका साथै भारतबाटसमेत दर्शनार्थीहरु आउने गर्दछन् । मन्दिरमा ईच्छा पुरा भएका र भाकल गर्नेहरुले पशुबली दिने प्रचलन समेत छ ।


