गोरखा । गोरखामा गुडिरहेको १ स्कोरपियो जीपमा आगलागी भएको छ । गण्डकी गाउँपालिका–८ को चुल्ठे भिरमा गुडिरहेको स्कोरपियोमा लागलागि हुदा पूर्ण रुपमा नष्ट भएको छ ।
बेनिघाट–आरुघाट सडकको चुल्ठे भिरमा पुगेको बा. १६ च ७५४० नम्बरको जीपमा एक्कासी आगलागी हुँदा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार कोइरालाले जानकारी दिए ।
काठमाण्डौंबाट आएको उक्त जीप गोरखाको फुजेलतर्फ जादै गरेको अवस्थमा एक्कासी लागलागि भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
जीपमा सवार ६ जना यात्रु भने सुरिक्षत रहेको गोरखा प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्पन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ ।






















