गोरखा । गोरखाको दरौदी नदीमा महिलाको शव फेला परेको छ । सिरानचोक गाउँपालिका–६ गाँखु बजार नजिकै रहेको दरौदी खोला महिलाको शव फेला परेको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
शव स्थानिय मनु गुरुङको भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । ५१ बर्षिया गुरुङ नदी तर्ने क्ररममा बगाएर मृत्यु भएको अनुमान गरिएको छ ।
महिलाको शव फेला परेको जानकारी पाए लगत्तै नयाँ साँघ र जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।




















