गोरखा । गोरखाको बारपाक सुलिकोट गाँउपालिकामा आजबाट आँखा शिवर सुरु भएको छ । गाउँपालिका, नेपाल नेत्रहीन संघ, पुनःस्थापन कार्यक्रम गोरखा र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल चितवनको संयुक्त आयोजनामा आजदेखी शिविर सुरु भएको हो ।
पालिका भित्रका आँखाका समस्या भएका नागरिकको उपचारमा सहजता ल्याउन शिविरको आयोजना गरिएको गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक कृष्ण भट्टले जानकारी दिए । शिविर पौष ६ गते सकिने छ ।
शिविर पालिकाको सबै वडामा सञ्चालनमा आउने पालिकाले जानकारी दिएको छ । मंसिर २१ गते बुधबार वडा नंं. १ को बारपाक स्वास्थ्य चौकी र २ को मान्द्रे आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर संञ्चालन हुने छ ।
त्यस्तै गरी मंसिर २२ गते बिहीबार ३ को सौरपानी स्वास्थ्य चौकीम र ४ को रन्चोक सामुदायिक स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालनमा आउने छ भने मंसिर २४ गते शुक्रबार ४ को स्वाँरा स्वास्थ्य चौकीमा शिविर हुने स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए ।
भट्टका अनुसार पालिका भित्रका सवै सर्वसाधारणहरुले सेवा पावस भन्ने उद्वेश्यका साथ आयोजित शिविर मंसिर २४ गते शनिबार ७ को पाँचखुवा देउराली स्वास्थ्य चौकी र ८ को पन्द्रुङ स्वास्थ्य चौकीमा शिविर हुनेछ ।
त्यस्तै गरी, मंसिर २५ गते आइतबार ५ को ताकुमाझ स्वास्थ्य चौकी र ६ को ताकुकोट स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिएको छ ।
त्यस लगत्तै भने शिविरबाट शल्यक्रिय गनुपर्ने बिरामीहरुलाई पुष ५ र ६ गते ५ को ताकुमाझ स्वास्थ्य चौकी, लाकुरीबोटमा शल्यक्रिया सहितको शिविर सञ्चालनमा आउने जनस्वास्थ्य निरिक्षक भट्टले जानकारी दिए ।


