गोरखा । गोरखा सदरमुकाममा विद्यार्थीहरुलाई लक्षित गर्दै निःशुल्क मुटु जाँच शिविर सञ्चालन हुने भएको छ । रोटरी क्लब अफ गोरखाको आयोजनामा यही शुक्रबार र शनिबार निःशुल्क मुटु जाँच शिविर सञ्चालन हुन लागेको हो ।
मंसिर २३ र २४ गते हुने शिविर गोरखा अस्पताल र सन्त जोसेफ स्कुलमा हुने आयोजक संस्थाका अध्यक्ष कृण्ण ढकालले जानकारी दिए । ढकालका अनुसार गोरखा नगरपालिका भित्र सञ्चालित सबै प्रकारका स्कुले बिद्यार्थीहरुलाई लक्षित गरेर शिविर सञ्चालन गर्न लागिएको हो ।
शिविरमा १५ हजार ५०० स्कुले बिद्यार्थीहरुले सेवा लिन सक्ने अनुमान गरिएको छ । जिल्लामा मुटु रोगीहरुको संख्या दिनानुदिन बढ्रदै गएको भन्दै क्लबले यस पटक बिद्यार्थी लक्षित शिविर सञ्चालनको तयारी गरेको हो ।
शिविर बरिष्ट मुटु रोग बिशेषज्ञ डा.अनिल भट्टराईको नेतृत्वमा राजधानीबाट ३० जना चिकित्सक टोली र गोरखा अस्पतालका १० जना गरी ४० जना चिकित्सकहरुको सहगागीता रहने आयोजक संस्थाले जनाएको छ ।
सोही शिविरमा अन्य मुटु रोगीहरुले पनि सेवा लिन सक्ने आयोजक रोटरी क्लव अफ गोरखाले जानकारी दिएको छ ।
शिविरमा मुटुको अप्रेशन गनुपर्ने बिद्यार्थीहरु र गरिब तथा असाह्यलाई निःशुल्क अप्रेशसनको समेत ब्यवस्था गरिएको पनि क्लबका अध्यक्ष ढकालले जानकारी दिए ।
२ दिने शिविर सञ्चालनका लागि गोरखा र पालुङटार नगरपालिकाले ५०–५० हजार, सिरानचोक गाउँपालिकाले ३० हजार र शहिद लखन र भीमसेन थापा गाउँपालिकाले २५–२५ हजार आर्थिक सहयोग उपलब्ध गराउने पनि क्लबले जानकारी दिएको छ ।


