गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाले ५४ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । पालिका भित्र कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयसेविकाहरुलाई पालिकाले सम्मान गरेको हो ।
गाउँपालिकाले १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अबसर पारेर महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले उनीहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए । कार्यक्रममा गाउँपालिकाले प्रत्येक वडाबाट १ जना उत्कृष्ठ महिला स्वास्थ्य स्वयमसेविकालाई पुरस्कृत समेत गरेको छ ।
गाउँपालिकाले दिवसको अबसरमा महिला स्वास्थ्य स्वयसेविकाहरु बिच हाजिरी जवाफ प्रतियोगिताको समेत आयोजना गरेको थियो ।




















