गोरखा । बारपाक सुलिकोटमा गाउँपालिकामा भएको स्त्री रोग सम्बन्धी स्क्रिनिङ क्याम्पमा ६१८ जनाले स्वास्थ्य लाभ गरेका छन् । स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर नाम दिएको उक्त शिविर गाउँपालिकाको सबै वडामा सम्पन्न भएको हो ।
गएको मंसिर १२ गतेदेखि सुरु भएको शिविर शनिबार सम्पन्न भएको आयोजकले जनाएको छ । नेपाली र विदेशी महिला चिकित्सकहरुले महिलाको स्वास्थ्य परिक्षण गरेको गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक कृष्ण भट्टले जानकारी दिए ।
८ वटा वडा रहेको बारपाक सुलिकोट गाउँपालिकामा ६ दिनसम्म शिविर सञ्चालन भएको थियो । शिविरमा स्वस्थ्य परिक्षण गराएका मध्ये ३१ जनाको पाठेघरको अप्रेसन गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएको जनस्वास्थ्य निरिक्षक भट्टले जानकारी दिए ।
अप्रेसन गर्नुपर्ने बिरामीहरुको गाउँपालिका र स्वदेशी नेपालको सहयोगमा गोरखा अस्पताल र जिल्ला बाहिरको अस्पतालहरुमा निशुल्क अप्रेसनको व्यवस्था मिलाइने भट्टले जानकारी दिए ।


