गोरखा । नेपाल पत्रकार महासंघ गोरखाद्वारा बितरण गरिने ‘तुलसी स्मृती पत्रकारिता पुरस्कार’ हरिराम उप्रेतीलाई प्रदान गरिएको छ ।
बिगत केही बर्षदेखी कान्तिपुर दैनिकमा आबद्व उप्रेतीलाई जिल्ला शाखाले सिरानचोक गाउँपालिका–७ को आरुबोट होम स्टेमा आयोजना गरिएको ११औं साधारण सभामा पुरस्कार प्रदान गरिएको हो ।
पछिल्लो पटक जिल्ला सदरमुकामबाट प्रकाशित सूरुवात दैनिकमा समेत आबद्व उप्रेतीलाई महासंघले नगर १० हजार, सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेको थियो ।
उप्रेतीलाई नेपाल पत्रकार महासंघ केन्द्र्रिय सचिव सिर्जना अर्याल र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले संयुत्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
तस्बिर बिकास मरहट्टा


