साँकेतिक तस्बिर
गोरखा । उत्तरी गोरखाको न्याक भिरबाट लडेर १ जना पुरुषको ज्यान गएको छ । ज्यान गुमाउनेमा गोरखा धार्चे गाउँ पालिका–५ गुम्दा लप्सिबोट घर भएका ४१ बर्षिय पुर्णबहादुर गुरुङ भएको प्रहरीले पुष्टी गरेको छ ।
उत्तरी गोरखाको चुमनुव्री गाउँ पालिका–५ को बिहीमा होटल गरी बस्ने बर्ष पुर्णबहादुर मंसिर १३ गतेका दिन आफ्नो घर तर्फ फर्कदै गर्दा निज कोही कसैको सम्पर्कमा नआई हराई बेपत्ता भएका थिए ।
बेपत्ता पुर्णबहादुरको आफन्त र स्थानियहरुको सहयोगमा खोजतलास गर्ने क्रममा मिति मंसिर १६ गते शुक्रबार दिउसो २ः२० बजे जिल्ला गोरखा चुमनुव्री गाउँ पालिका–५ को पेवा र न्याकको फेदी बिचको भिरमाबाटोबाट तल खसि मृत अवस्थामा फेला परेको प्रहरी चौकी सिर्दिवासले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय आरुघाटबाट प्रनि रामजी देवकोटाको प्रहरी टोली समेत घटना स्थलमा पुगी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।


