×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

महिला हिंसा विरुद्धमा हाम्रो दायित्व

  •  गोरखा समाचार
  • शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    केदार खनाल

    लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहँदा सान्दर्भिक कार्यक्रमहरु पनि चलिरहेका छन् । सबै लिंगका मानिसहरुको उपस्थितिसहानीय देखिन्छ । नोभेम्बर २५ देखी डिसेम्बर १० सम्मको यो कार्यक्रम मनाईरहँदा वास्तवमै सतही जस्तै देखिएको छ किनकि हामीले कार्यक्रम केवल १६ दिनको होइन कि ३६५ दिन नै मनाउनु पर्ने हो । यो हरेक ब्यक्ति, घर, छिमेक, गाउँ र सम्पूर्ण राज्य नै यसमा समाहित भएर म हिंसामा उत्रदिंन भन्ने प्रतिज्ञालाई सबैको आत्मा र स्व : आत्मा भित्र राखिनु पर्छ । समाज यति धेरै बिकृत हुँदै गईरहेको छ कि हरेक दिनको बिहानीमा आउने समाचारहरुले चित्रित गरेको छ । हाम्रो समाजको संरचनाले बहुल संस्कृतिलाई अँगाल्दै गर्दा दाई र भाई या दिदीबहिनीका मात्र कुरा रहेनन् । हाम्रो समाज त्यही संस्कृतिभित्र यति बिभाजित र नकारात्मक बन्न पुग्यो कि आफ्नो नजिकको राम्रो र अर्को सोह्रै आना गलत ! यसले समाजको सकारात्मक गतिलाई धिमा बनाएको छ । अपराध समाज भित्रै लुकेको छ, भनौं कालो रसेतोको नाममा त्यही भित्र गुम्सेको छ । यसले गर्दा unreported crime को संख्या बढ्न जाँदा अदृश्य रुपमा यस्ता अपराधहरुले बढवा पाई अपराधको श्रृंखला बढ्न गएको पाईन्छ ।

    दैनिक जसो बालबालिका माथि हुने हिंशाका घटनाहरु कुनै न कुनै रुपबाट बढोत्तरी भइरहेको छ । घर या स्कुलवा समाज सबैतिर हेर्दा र त्यसबाट परिलक्षित घटनाक्रमहरु यति कारुणीक बन्दै गएका छन कि कल्पना गर्न समेत सकिंदैन । स्कुल पढ्दै गरेका कलिला बालिकाहरु माथि शिक्षकबाट भएका यौन दुर्ब्यवहार देखि ७२ बर्षीया बृद्धले ७ बर्षीया बालिकालाई गरेको करणी सम्मले समाज यति बिकृत र कलंकीत भएको छ कि यसको मापन नै छैन । यसका अलावा यस्ताजघन्य अपराधका घटनाहरु पनि ढाकछोप गर्ने जुन सामाजिक परिवेश देखिन्छ,त्यसले समस्याहरुलाई झन बिकराल बनाउंदै छ । हिंसाको जड स्वयं परिवार भित्रै देखिंदा यसले दिने सन्देशले भावी दिनहरु अझ बढी पिडादायी हुन्छन भन्ने कुरामा द्धिविधा रहेन हामीले भोगिरहेको समाज र हामीले कल्पना गरेको समाज हेरौं, यसबाट पनि हाम्रो धरातल कहाँ छ भन्नेमा सबै पक्ष जानकार हुन सक्नु हुनेछ । तसर्थ पनि लैंगिक हिंसा बिरुद्धको अभियानको सार्थकताका लागि आधार बिन्दुपहिचान गरि निराकरण गर्न केन्द्रित हुन जरुरी छ ।

    हाम्रो समाजमा अझ बिकराल देखिएको आत्महत्याका घटनाहरुत झन बढि अत्यासलाग्दा देखिन्छन । गरिबी,अशिक्षा,बैदिशिक रोजगार,सामाजिक संजाल आदिका कारण हुने यस्ता घटनाहरुका पछाडी समाजको उपस्थिती के भयो र के हुन सक्यो रु प्रश्न जटिल छ । ९ बर्षिया बालिका देखि ६७ बर्षिया बृद्धसम्मले गरेका आत्महत्याका घटनाहरुले समाजको बिधमान उपस्थितिलाई ललकारी राखेको भान हुन्छ । यस्तो अवस्था पनि हामी के कुरामा एकिन हुन सकेका छैनौं भने यस्ता घटना घट्नुका पछाडीका कारण र तथ्य आज पनि निरुत्तरित छन । घटना घटिसकेपछी आग्रह र पुर्वाग्रह राखी बढाइने कानुनी प्रक्रियाले एकछिन त पिसावको न्यानो हुन सक्छ तर त्यसले भविष्यमा समाजमा पार्न सक्ने असरको मुल्यांकन गरिनुपर्थ्यो, गरिएन । पीडितले न्याय प्राप्त गर्न सहज पहुँचको सट्टा कानून खेलाउनेहरुको जय हुन पुग्यो ।जसका कारण समाज बिभक्त बन्यो, न्यायका अवयवहरुलाई अपांग बनाउने कार्य हुन थाल्यो , तब न अपराधमा बृद्धि हुन गयो । यो शास्वत सत्यलाई आजपनि स्व(मुल्यांकन नगर्ने हो भने भोलीका दिन झन कुरुप हुन जान्छन भन्ने कुरामा दुईमत छैन ।

    गोरखा जिल्लाको आ.व.२०७८।०७९ र आ.व.२०७९।०८० को तथ्याङ्कलाई हेर्दा वार्षिक रुपमा अपराध बढेको पाईन्छ ।

    हामीहरु हरेक बर्षका घटनाका तथ्यांकहरु हेर्दै चिन्तित हुन्छौं, जिब्रो टोक्छौं, एक छिन घोत्लिन्छौ पनि, समस्याका वारेमा छलफल विवेचना पनि गर्छौं । तर घटनाका बिषय र घटना घट्ने क्षेत्रका विषयमा हामी केहीपनि गर्दैनौं । कुन र कस्ता घटना कसरी घटे र त्यस्ता घटना पुनस् नघट्न हाम्रो सक्रियता के हुने भन्ने कुरा अस्पष्ट नै रहने गरेको यथार्थ देखैकै छौं । तसर्थ पनि यस जिल्लामा घटेका घटनाहरुको तथ्यांकहरुलाई हेरी मुल्यांकन गरि यसै अनुसार भावी योजना हरु बनाउनु जरुरी छ । बाँचे संसार देख्न पाईन्छ भन्ने तथ्यलाई गाउँगाँउमा पुर्‍याउ,हिंसाका बारेमा आँफैबाट अन्त्य गर्ने प्रण गरौं । म पनि गर्दिन,तपाई पनि नगर्नुहोस भन्ने महान भावनाको बिकास गरौं । असल र सभ्य समाज निर्माणमा राज्यको सहभागिता परिणाममुखी बनोस यहि कामना साथ लैंगिक हिंसा बिरुद्धको अभियानले सार्थकता पाओस । अस्तु !

    खनाल जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी प्रमुख हुन् 

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.