गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले अनलाईन राहदानीको लागि भोलीदेखी बिहान १०ः०० बजेदेखी खुल्ला गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै बिहीबारदेखी दैनिक रुपमा १० बजेबाट खुल्ला गर्ने जनाएको हो ।
यस अघि कार्यालयले प्रत्येक हप्ताको बुधबार मात्र अनलाईन फारम खोल्दै आएकोमा मंसिर १५ गतेबाट भने दैनिक रुपमा बिहान १०ः०० देखी खुल्ने प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए । ‘पहिले पहिले बुधबार मात्र खूल्ने गरिएको’ भन्दै प्रजिख आचार्यले भने ‘भोलीदेखी भने दैनिक रुपमा नै १० बजेदेखी खुल्ला हुने छ ।’
उनका अनुसार बिहीबारबाट प्रति घण्टा सरोवरले १० जनाको नाम लिएर सिफारीस गर्ने छ । अब अनलाईन फारम भर्न बुधबार नै कुर्नु पर्ने बाध्यताबाट सेवाग्राहीले छुटकारा पाउने भएका छन् ।
अब भने दैनिक रुपमा ६० देखी ८० जनाले अनलाईन फारम भर्न सक्ने प्रशासनले जानकारी दिएको छ ।





















