गोरखा । बिरामी लिएर गोरखा बजार तर्फ आउदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । बारपाक सुलिकोट गाँउपालिका ७ अमलेबाट सदरमुकाम तर्फ आउँदै गरेको ग. १ झ ३९४ नम्बरको एम्बुलेन्स मंगलबार दुर्घटनामा परेको हो ।
एम्बुलेन्स दुर्घटना हुदा बारपाक सुलिकोट गाउँपालिका–७ की बेलमाया गुरुङ घाईते भएको वडाध्यक्ष कृण्ण गुरुङले जानकारी दएि । एम्बुलेन्स एक्कासी अनियन्त्रीत भएर डि गाँउ भन्ने स्थानमा दुर्घटना भएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।
‘एम्बुलेन्सले अमलेबाट बिरामी लिएर गोरखा सदरमुकाम आउदै गर्दा सडकमा नै दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुर्घटनामा परी घाईते भएकी गुरुङलाई गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी भरतपुर पठाईएको छ ।
तस्बिर कृण्ण गुरुङ



