फाईल तस्बिर
काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अबको आवश्यकता विकास र सुशासन भएको बताएका छन् । गोरखा–काठमाण्डौं सम्पर्क मञ्चद्वारा ललितपुरको खुमलटारमा आयोजित बधाई कार्यक्रमबोल्दै उनले त्यस्तो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले गोर्खाली जनााताको भरोसा, विश्वास कायम गर्ने बताउदै अब समाजवादको आधार तयार पार्न र समृद्धिको नयाँ यात्रा अन्तरर्गतको आर्थिक क्रान्तिका लागि गोरखा तिर आफ्नो ध्यान केन्द्रित रहने बताए ।
उनले सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने बताए । ‘राष्ट्रलाई एकता, समृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा हो । त्यहाँको जनताको भरोसा, विश्वास र बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ ।’ उनले भने, ‘ राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टी र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखार्ली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ ।’
कार्यक्रममा बोल्दै अध्यक्षले आफूलाई गोर्खाली जनताले गरेको विश्वास र दिएको जिम्मेवारी पुरा गर्ने सङ्कल्प गरेको बताए । उनले आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने र महशुस गर्ने गरी विकासलाई गति दिने समेत बताए ।
‘गोरखाको भौतिक संरचनाको विकासको कुरा र त्यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभुता, पर्यटन विकास, कृषिको आधुनिकिकरण लगायतका यी सबैमा मेरो ध्यान छ ।’ अध्यक्ष प्रचण्डले भने, ‘ठूला परियोजनालाई पूर्णतामा लैजान र नयाँ परियोजना शुरु गर्नुपर्ने पनि छ । यी सबै पुरा गर्न तपाईहरु सबैको साथ सहयोग मिल्नेमा म विश्वस्त पनि छु ।’ अध्यक्ष प्रचण्डले गोर्खार्ली जनसमुदायको सद्भाव गोरखा र केन्द्र दुबै स्थानमा काम गर्नका लागि आफूलाई थप उत्प्रेरणा प्रदान गरेको समेत बताए ।


