गोरखा । हालै सम्पन्न प्रदेश सभा निर्वाचन २०७९ मा गोरखा जिल्ला क्षेत्र नम्बर २ (ख) मा नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्रराज पाण्डे सर्वाधिक मत ल्याएर विजयी भए ।
५ राजनैतिक दल र १ स्वतन्त्र उम्मेवारगरी ६ जनाको उम्मेवारी रहेको यस क्षेत्रमा पाण्डेले १६ हजार ८८७ मत पाउदा उनका निकटत प्रतिद्वन्दी मानिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बसन्तकुमार गुरुङले ५ हजार ३७० मत पाएका थिए ।
पाण्डृेले ११ हजार ५१७ मतको फराकिलो अन्तरले जित हात पार्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यस क्षेत्रमा कसले कती मत पाए त ? आउनुहोस हामी पनि हेरौं ।





















