गोरखा । मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचन २०७९ मा गोरखा जिल्ला क्षेत्र नम्बर २ (क) मा उम्मेदवार नेपाल समाजबादी पार्टीका उम्मेदवार फणिन्द्र देवकोटा सर्वाधिक मत ल्याएर विजयी भए ।
६ राजनैतिक दल र १ स्वतन्त्र उम्मेवारगरी ७ जनाको उम्मेवारी रहेको यस क्षेत्रमा देवकोटाले माओवादी केन्द्रको हसियाँ हथौडा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थिए ।
विजयी भएका देवकोटाले १२ हजार ४१८ मत मत पाउदा उनका निकटत प्रतिद्वन्दी मानिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजु रानाले ५ हजार ४१६ मत पाएका थिए ।
देवकोटाले ७ हजार २ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यस क्षेत्रमा कसले कती मत पाए त ? आउनुहोस हामी पनि हेरौं ।



