गोरखा । मंसिर ४ गते सम्पन्न प्रतिनिधीसभा निर्वाचन २०७९ मा गोरखा जिल्ला क्षेत्र नम्बर २ मा उम्मेदवार माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सर्वाधिक मत ल्याएर विजयी भए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले १२ हजार ६३९ मत पाएका थिए । अध्यक्ष प्रचण्डले बुर्लाकोटीलाई १३ हजार ४७० मतको फराकिलो अन्तर बनाएका थिए ।
१० राजनैतिक दल र २ स्वतन्त्र उम्मेवारगरी १२ जनाको उम्मेवारी रहेको यस क्षेत्रमा १ लाख ५ हजार २४० जना मतदाता रहेको भएता पनि ५४ हजार १७३ ले मात्र मताधिकार प्रयोग गरेका थिए ।
खसेको मत मध्ये पनि २ हजार ९५९ मत बदर हुदा सदर मतको संख्या ५१ हजार २१४ मात्र रहेको नर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यस क्षेत्रमा कसले कती मत पाए त ? आउनुहोस हामी पनि हेरौं ।



