गोरखा । छेवेटार बजारबाट लागुऔषध सहित २ जनालाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । गोरखा नगरपालिका–१० छेवेटारबजारका ३० बर्षिय अजय गुरुङ सहित २ जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिन सफल भएको हो ।
पक्राउ परेकाहरुबाट प्रहरीले नियन्त्रित लागूऔषध डाईजेपाम ५८ पिस, फेनारगन ५८ पिस, नोफिन ५८ पिस, नगद २८ हजार रुपैयाँ र मोबाईल ४ थान सहित शनिबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखा र प्रहरी चौकी बाह्रकिलोबाट खटिएको प्रहरीले उनको घरमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई आइतबार गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।


