गोरखा । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचन २०७९ मा गोरखा जिल्ला क्षेत्र नम्बर १ (ख) मा नेपाली काँग्रेसका उम्मेदवार नन्दप्रसाद न्यौपाने सर्वाधिक मत ल्याएर विजयी भए ।
६ राजनैतिक दल र १ स्वतन्त्र उम्मेवारगरी ७ जनाको उम्मेवारी रहेको यस क्षेत्रमा ५४ हजार ६५३ जना मतदाता रहेको भएता पनि २९ हजार ६४९ मत मात्र खसेको थियो ।
खसेको मत मध्ये पनि १ हजार १६२ मत बदर हुदा सदर मतको संख्या २८ हजार ४८७ मात्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
विजयी भएका नेपाली काँग्रेसका न्यौपाने जिल्ला पार्टी सभापति समेत हुन् । यस क्षेत्रमा कसले कती मत पाए त ? आउनुहोस हामी पनि हेरौं ।





















