गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अब राजनैतिक दलका नेतृत्वले आत्मा समिक्षा गर्ने बेला आएको बताए । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित प्रचण्डले गोरखा बजारमा भएको शुभकामना तथा बधाई दिने कार्यक्रममा बोल्दै त्यस्तो कुरा बताएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रमाणपत्र बुझेर कार्यक्रममा सहभागी भएका अध्यक्ष प्रचण्डले देशैभरबाट गठवन्धनको चुनावी परिणाम राम्रो नआएको संकेत गर्दै नेतृत्वले समिक्षा गर्ने दिन आएको बताए । ‘एक पटक राजनैतिक नेतृत्वले आत्मा समिक्षा गनुपर्ने अवस्थाको रुपमा मैले लिएको’ भन्दै अध्यक्ष प्रचण्डले भने ‘यो परिस्थितीमा यती ठुल–ठुला आन्दोलन र परिवर्तन ल्याएको राजनैतिक नेताहरु, दलहरुले एक चोटी आफै भित्र फर्केर कहाँनेर कमीभयो, कहाँनेर कमजोरी भयो, जसले गर्दा बिचार र सिद्वान्तको अबमुल्यन हुने खतरा देखा पर्न खोज्यो ।’ उनले ‘मुल्य, मान्यता र राजनैतिक एजेण्डाको अबमुल्यन हुने खतरा देखा परेको’ भन्दै राजनैतिक नेतृत्वले नै सोच्नुपर्ने अवस्था आईलागेको’ बताए ।
उनले अहिलेको निर्वाचनको परिणाम हेर्दा एजेण्डाले भन्दा पनि भावावेशले विजय प्राप्त गरेको बताए । उनले भने ‘निर्वाचनको परिणामले एजेण्डामा होइन भाववेशमा मानिसहरुलाई भ्रमित पार्न खोजेको देखियो ।’
निकै भावुक देखिएका अध्यक्ष प्रचण्डले नेपाली जनताले रगत बगाएर ल्याएको परिवर्तनलाई उल्टाउन नदिने भन्दै नेपाली जनताको अधिकारको सुरक्षाको निम्ती अन्तिम पटकसम्म लडने प्रतिबद्वता ब्यक्त गरे ।
उनले समग्रमा हेर्दा अहिले नै परिस्थिती जटिन नभएको तर यस्ता परिस्थितीलाई अनदेखा गरे देश नै अप्ठ्यारोमा पर्नसक्ने चेतावनी दिए । ‘अहिले नै सबै बर्वाद भयो भन्ने केही छैन तर यदी राजनैतिक नेतृत्वले गंभिर आत्मा समिक्षा गरेर अगाडी बढ्न आवश्यक भएको’ भन्दै उनले भने ‘आउने दिनकोलागि जनताको लागि समर्पितहुने निती र कार्यक्रम नल्याउने हो भने देश अप्ठ्यारोमा पर्न सक्छ’ ।
देशैभरका सबै मतदातालाई धन्यबाद दिदै अध्यक्ष प्रचण्डले गोरखा जिल्लाबाट आफुले जित्दा ठुलै जिम्मेवारी पाएको महशुस र चुनौतीको अनुभवन गरेको बताए । उनले भने ‘गोरखा जनताले दिएको ठुलो जिम्मेवारी गौरवपूर्ण पनि भएको र चुनौती पूर्णपनि भएको महशुस गरेको छु ।’


