गोरखा । नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले गोरर्खाली जनताको शिर निहुरीने काम आफुबाट कहिल्यै नहुने बाचा गरेका छन् । गोरखा सदरमुकाममा प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा विजयी भएका साँसदहरुलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै नेता पाण्डेले त्यस्तो बाचा गरेका हुन् ।
गोरखा क्षेत्र नम्बर १ र २ तथा प्रदेश साँसदहरुलाई शुभकामना तथा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै नेता पाण्डेले मतदाताहरुले जुन विश्वासकासाथ मतदान गरेर विजयी गराए तिनका शिर निहुरीने काम आफुले कदापी नगर्ने बताए । ‘तपाई मतदाताहरुले जुन विश्वासका साथ हामीलाई मतदान गर्नुभयो, हामीलाई विजयी गराउनु भयो, तपाईको विश्वासमा हामी कुठाराधात हुने दिने छौनौ’ भन्दै पाण्डेले ‘मेरो ब्यत्तिगत कारणबाट गोरर्खाली मतदाताको शिर निहुरीने काम म बाट हुने छैन’ प्रतिबद्वता ब्यत्त गरे ।
देशैभर गठबन्धनले चाहेजस्तो चुनावी परिणाम नआएको तर्फ संकेत गर्दै नेता पाण्डेले अब दल र दलका नेतालाई सचिने अवशर आएको बताए । ‘देशैभरकोचुनावी परिणामले दल र दलका नेतालाई सचिने र जिम्मेवारी पूर्वक अगाढी बढ्न सचेत गरेको’ भन्दै उनले ‘आजको परिणाम हिजोको काम गराईको परिणाम भएकोले अब रि थिङ्क गर्नुपर्ने’ धारणा ब्यत्त गरे ।
उनले जिल्लाको बिकासको लागि सबै दलले हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिदै ‘चुनावी मैदानमा फरक फरक ठाउँमा भएता पनि अब चुनाव सकिएको’ भन्दै ‘अब जिल्लाको बिकासकोलागि सबै दल एकै ठाउँमा उभिएर हातेमालो गरेर अगाडी बढ्नुपर्ने’ धारणा ब्यत्त गरे ।
पाण्डेले गोरखा क्षेत्र नम्बर २ (ख) मा एमालेका बसन्तकुमार गुरुङलाई ११ हजार ५२२ मतले पछि पार्दै प्रदेशसभा तर्फको सदस्यमा बिजयी भएका थिए ।


